हलेसी तुवाचुङका माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी « Khabarhub

हलेसी तुवाचुङका माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ । बिहीबार मेयर बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो । अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो ।

अंग्रेजी माध्यमबाट पठन–पाठनको पूर्वतयारीमा २० जेठमा ११ वडाका वडाध्यक्ष, १२ माविका प्रअ र विद्यालयल व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सुरुमा माविबाट अंग्रेजी माध्यम लागू गर्ने र क्रमशः अन्य विद्यालयलाई यसतर्फ अभिप्रेरित गरिने हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले बताइन् ।

‘अंग्रेजी पढाइकै लागि बालबच्चालाई बाहिर निजी विद्यालयमा पठाउने गरिएको छ । स्वयं जनप्रतिनिधि, कर्मचारी, शिक्षक र वैदेशिक रोजगारमा संलग्न परिवारका बालबच्चा निजी विद्यालयमा छन्,’ मेयर राईले भनिन्, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षणका लागि सुरुमा मावि तहमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने निर्णय गरेका हौँ । यसका लागि अधिकांश मावि तयार छन् । जुनसुकै विद्यालयले अंग्रेजीमा पठन पाठन गराउन सक्ने छन् ।’

बैठकले विद्यार्थी संख्या न्यून भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास समितिका संयोजक एवं शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्रअबीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशिघ्र वडा शिक्षा समिति पुनर्गठन गर्ने, चौमासिक रुपमा तलब पाउँदैआएका शिक्षकलाई आगामी आर्थिक वर्षदेखि मासिक रुपमा उपलव्ध गराउने निर्णय भएको शिक्षा शाखा संयोजक पदम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : ४५ बजे

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं