क्याफेमा साकेला, रमितेको भिड « Khabarhub

क्याफेमा साकेला, रमितेको भिड


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ ।

साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘गाउँघरमा नाचिने यो नाचनै हराउने चिन्ता भो । शहरमा आएर सबैले बिर्सेलान् भनेर सुरु गरेको हो ।’

राईले साकेला भिलेजमा १० वर्षदेखि साकेला नाच आयोजना गर्दै आएका छन् । ‘पहिले साकेला नाँच्नेहरू थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो । अहिले भिडले बस्ने ठाउँ हुँदैन’ । उनले भने । उनका अनुसार उँभौलीउँधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ । तर, व्यापारका लागि नगरेको साथीभाइसँग रमाइलो गर्दै कला र संस्कृति जोगाउन साकेला नाच सुरु गरेको हो ।

उँभौली नचाउने मुखिया कुमार राई नवीन ०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउँछन् । उनका अनुसार ललितपुरको सानो हात्तीवनमा भूमिपूजा गरेपछि वैशाख पूर्णिमामा उँधौली सुरु हुन्छ ।

०४७ सालतिर ललितपुरको हात्तीवन र नखिपोट र काठमाडौंको शन्तिनगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ । राई भन्छन्, ‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।’ साकेला नाच्नेमा वृद्धवृद्धाहरुभन्दा तन्नेरीहरू ज्यादा थिए । डम्फु बचाएर कम्मर मर्काउँदै नाच्ने युवायुवतीहरू किरात भेषभुसामा सझिएका थिए । महिलाहरू नाक, कान, कपाल र गला पहेँलोनै हुने गरेर गहना लगाएका थिए ।

फेरिन थाले गरगहना
साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउँछन् । उनका अनुसार पहिले पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान, घाँटी, कपाल र गलामा छपक्कै छोपिनेगरी सुनका गहना लागइन्थ्यो ।

तर, पछिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुषालाई अङ्गाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्छन्, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १ : १७ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत