जोनी–एम्बर विवादमा आयो अदालतको फैसला | Khabarhub Khabarhub

जोनी–एम्बर विवादमा आयो अदालतको फैसला


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय हलिउड अभिनेता जोनी डीप र उनकी पूर्व पत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनाएको छ । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गरेको छ । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुबैलाई दोषी बनाएको हो । जोनीले पूर्व पत्नी हर्डको प्रतिष्ठामाथि आँच पुर्‍याएको भन्दै जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डीपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनीले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।

यो फैसलालाई जोनी पक्षले जितको रुपमा अथ्र्याएको छ र जोनीले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिएका छन् । उता एम्बर हर्डले भने अदालतको यो निर्णयले भविष्यमा अमेरिकामा कुनै पनि महिलाले आफूविरुद्धको हिसांमा बोल्ने बाटो बन्द गरेको प्रतिक्रिया दिएकी छिन् । एम्बरका वकिलले यो निर्णयमा पुनरावेदन गर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : २९ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने