रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहदै आएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । यसपटक भने शनिबार परेको छ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : १२ बजे

प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह

आफ्नै सहकारीका प्रबन्धकमाथि अध्यक्षले गरे हातपात र गालीगलौज 

काठमाडौं– बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीले आफ्नै संस्थाका

सुनसरीका किसानलाई गहुँ छर्न भ्याइनभ्याइ

इनरुवा – जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी,

शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट 

काठमाडौं– मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड डुब्ने

स्वामीकार्तिक खापरमा कांग्रेसविरुद्ध एमालेलाई माओवादीको माया

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका