किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ? « Khabarhub

किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरिएको एकीकृत समाजवादीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ । नेकपा एमालेबाट विभाजित भएर नयाँ दल बन्ने बेलामा नेता नेपाललाई साथ दिएका मध्ये झाँक्री, आले र श्रेष्ठ बढी चर्चामा थिए । उनीहरुलाई पहिलो चरणमा मन्त्री बनाइएको थियो । मेटमणि चौधरी पनि मन्त्री बन्ने चर्चा भएको भए पनि त्यति बेला उनी सूचीमा अटाएका थिएनन् । 

तर, आगामी प्रतिनिधि सभा चुनाव कात्तिक-मंसिरमा हुने गरि छलफल गठबन्धनमा चर्चा चलिरहेको हल्ला खल्ला नगरी एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ जसलाई महत्वका साथ हेरिएको छ । अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताएका छन्। उनले भने, ‘यो नियमित प्रक्रिया हो। सुरुदेखि नै ६ महिना भनेर उहाँहरूलाई जिम्मेवारी दिइएको हो ।’ 

तर, यसलाई आगामी संघीय निर्वाचन लक्षित ठानिएको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार चुनावमा जनमत भएकालाई मन्त्री बनाइएको हो । जनमत बलियो भएकालाई मन्त्री बनाएर अवसर दिइएको उनको भनाइ छ । सबैलाई मन्त्री बनाउनका लागि एकीकृत समाजवादीले ६ महिना भन्दा कम समयका लागि नयाँ मन्त्री बनाएर अस्थिरता निम्त्याएको भन्दै आलोचना समेत भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ५६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु