धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु « Khabarhub

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

धकेलिएर लडेपछि गम्भीर घाइते भएका वृद्धको न्युरो अस्पताल काठमाडौँमा उपचारका क्रममा आइतबार राती मृत्यु भएको हो । अभियुक्तले १९ जेठको राति आपसी विवादमा धकेलेर लडाउँदा हरिप्रसाद गम्भीर घाइते भएका थिए ।  घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना