३७ लाख रुपैयाँसहित हुण्डीको कारोबार गर्ने पक्राउ | Khabarhub Khabarhub

३७ लाख रुपैयाँसहित हुण्डीको कारोबार गर्ने पक्राउ


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुण्डीको कारोबार गर्ने एकजनालाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बारा पचरौता नगरपालिका घर भई हाल काठमाडौं १३ कालिमाटी बस्ने ५४ वर्षीय जय कमल साह कलवारलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई काठमाडौंको कालिमाटीस्थित टंकेश्वरबाट पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँ गरी कूल ३७ लाख २ सय २० नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ परेका कलवारलाई थप अनुसन्धान एवम कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : २३ बजे

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र