सहमतिसँगै फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोके स्थानीयले « Khabarhub

सहमतिसँगै फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोके स्थानीयले


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार सरकारसँग भएको सहमति नमान्ने भन्दै सिसडोल बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको छ ।

प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरे पनि स्थानीयवासी सो सहमतिको विरोध गर्दै मंगलबार बिहान बन्चरे डाँडामा भेला भएका छन् । उनीहरुले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बाटोमै रोकेका छन्।

सरोकार समितिले प्रभावित क्षेत्रमा पर्ने गाउँ र जग्गा अधिग्रहण सरकारले गर्नुपर्ने र सुरक्षित स्थानमा आफूहरुलाई सार्नुपर्ने माग गर्दै आएको छ । त्यही मागलाई सम्बोधन गर्न भन्दै फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन हुनुपर्ने समितिले अडान लिएको छ । सरोकार समितिले आफूहरूको माग सडक नभएर ‘स्वच्छ वातावरणमा बाँच्‍न पाउनुपर्ने’ माग भएको जनाएको छ ।

सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो। सहमतिपत्रमा प्रभावित क्षेत्रका मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

सो सहमतिअमान्य भएको भन्दै स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन् । सरोकार समितिका संयोजक श्रीराम भण्डारीले आफूहरुले बाँच्‍न पाउने अधिकारको सुनिश्चता नभईकन फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

सरोकार समितिले सरोकारवालाले पीडितसँग बसेर कानुनी, वैज्ञानिक, बौद्धिक, स्थानीयवासीलाई मान्य हुने किसिमको नयाँ सहमति हुनुपर्न माग गरेको छ । अहिलेको गरिएको आन्दोलन निर्णायक हुने उनीहरुले बताएका छन् ।

जेठ १६ गतेबाट रोकिएको फोहोर काठमाडौं उपत्यकाका चोकचोकमा थुप्रिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १० : ५६ बजे

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी

सङ्खुवासभाको मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथांका– सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको