बर्दियामा गोली प्रहार प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन  « Khabarhub

बर्दियामा गोली प्रहार प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु भएको घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो। गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् । 

गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको मंगलबारको संसद् बैठकमा जानकारी गराएका छन् । उनले प्रहरीलाई गोली प्रहार गर्न आदेश नदिइएको पनि स्पष्ट पारेका छन् । सांसदहरूले थारुको हत्याबारे संसद्मा गृहमन्त्रीको जवाफ मागेका थिए । 

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १ : १७ बजे

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी