बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ | Khabarhub Khabarhub

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो ।

उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, शाहले भने । 

सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : २७ बजे

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती