एक्कासी क्रुद्ध बनेका रुसी राजदूत राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक कक्षबाट बाहिरिएपछि… « Khabarhub

एक्कासी क्रुद्ध बनेका रुसी राजदूत राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक कक्षबाट बाहिरिएपछि…


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि क्रोधित हुँदै सुरक्षा परिषद्को बैठकबाट एक्कासी बाहिरिएका छन् । १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले विश्व खाद्य संकटलाई युक्रेनमाथि रुसी आक्रमणले अझ बढाएको आरोप लगाएपछि रुसी प्रतिनिधि भासिली नेबेन्जिया बैठकबाट एक्कासी बाहिरिएका थिए ।

बैठकका क्रममा माइकलले रुसी फौजले युक्रेनमा युद्ध अपराध एवम् मानवताविरोधी अपराध गरेको समेत आरोप लगाएका थिए । खासगरी रुसी फौजले यौन दुव्र्यवहारलाई हतियार बनाएको माइकलको आरोप थियो ।

यसअघि बैठकका क्रममा रुसी प्रतिनिधिले आफ्नो सम्बोधनका क्रममा रुसी सैनिकले यौन हिंसा गरेको आरोपलाई ‘बुँदागत रुपमा’ खण्डन गरेका थिए । रुसी सैनिकमाथि लगाइएका यस्ता आरोप ‘झुट’ रहेको उल्लेख गरेका थिए ।

सुरक्षा परिषद् कक्षबाट बाहिरिने क्रममा नेबेन्जियाले रोयटर्सलाई भने, ‘माइकल झुटहरु बाँड्न यहाँ आएकाले म यहाँ बस्न सक्दिनँ ।’
नेबेन्जिया बाहिरिने क्रममा माइकलले भनेका थिए, ‘तपाईले कक्ष छाड्न सक्नुहुन्छ सायद सत्य सुन्नुभन्दा त्यो निकै सजिलो कुरा हो ।’

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर खाद्यान्न, अन्न, तेलहन र मलको मूल्यमा वृद्धि भएको छ भने विभिन्न मुलुकहरुमा खाद्य संकट समेत देखिन थालेको बताइएको छ ।

रोयटर्सका अनुसार रुस र युक्रेनबाट विश्वमा झण्डै एक तिहाइ गहुँ निर्यात हुन्छ । यसबाहेक रुस विश्व बजारमा मलखादको महत्वपूर्ण आपूर्तिकर्ता र युक्रेन सूर्यमुखी तेल र अन्नको महत्वपूर्ण निर्यातक रहेको जनाइएको छ ।

‘रुसी महासंघका माननीय राजदूत, इमान्दा बनौँ, विकासशील मुलुकहरुविरुद्ध क्रमेलिनले खाद्यान्नको आपूर्तिलाई अदृश्य क्षेप्यास्त्रको रुपमा प्रयोग गरिरहेको छ ।’ माइकलले सुरक्षा परिषद्को बैठकमा उल्लेख गरेका थिए, ‘यो खाद्य संकटका लागि रुसमात्र जिम्मेवार छ ।’

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ४५ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको