हत्यारा साँढे हिरासतमा, यसअघि भेँडालाइ भएको थियो जेल सजाय « Khabarhub

हत्यारा साँढे हिरासतमा, यसअघि भेँडालाइ भएको थियो जेल सजाय


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एउटा अनौठो घटनामा अफ्रिकी मुलुक दक्षिण सुडानमा १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको छ ।

बेलायती अखबार इन्डिपेन्डेन्टको अनलाइन संस्करणले जनाएअनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी प्रवक्ता मेजर एलियाह माबोरका अनुसार साँढेलाई अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीको हिरासतमा राखिएको छ ।

किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ । सोही राज्यमा भेँडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो ।

भेँडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

भेँडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, ‘मालिक निर्दोष छ । तर, अपराध गर्ने भेँडा पक्राउका लागि योग्य छ ।’ यस भेडालाई हत्याको अभियोगमा दोषि ठहर गर्दै तीन वर्ष सैनिक शिविरमा कारावास सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ०३ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,