उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि मेयर र नगरपरिषद्का सदस्यसहित २५ घाइते (भिडियो) « Khabarhub

उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि मेयर र नगरपरिषद्का सदस्यसहित २५ घाइते (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्घाटन गर्ने क्रममा मेक्सिकोमा एउटा झोलुङ्गे पुल भत्किएको छ । राजधानी मेक्सिको सिटीबाट ८० किलोमिटर दक्षिणतर्फ पर्ने कुएर्नाभाका सहरमा मेयरले उद्घाटन गर्ने क्रममा झोलुङ्गे पुल भत्केको हो ।

कुएर्नाभाका सहरमा निर्मित पासेओ रिबेरेनियो पुल भत्किँदा मेयरसहित २५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको मोरेलोस राज्यको जनसुरक्षा निर्देशक इनरिके क्लेमेन्ट गल्लार्दोलाई उद्धृत गर्दै ल्याटिन अमेरिकी टेलिभिजन सञ्जाल टेलेसुरको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेमा कुएर्नाभाका सहरका मेयर होसे लुइस उरिओस्तेगुई, सञ्चारकर्मी एवम् नगरपरिषद्का सदस्य समेत रहेको टेलेसुरले जनाएको छ ।

पुल भत्केपछि घाइते भएका मानिसहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । घटनापछि उद्धार एवम् खोजीकार्यका लागि त्यहाँको नागरिक सुरक्षा निकायले सैनिक एवम् अग्नि नियन्त्रकहरुको सहायता लिएको बताइएको छ ।

उपनिवेशिक कालमा सन् १६ औं शताब्दीमा निर्मित कुएर्नाभाका सहर पर्यटकको आकर्षण रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : २७ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,