काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूतबीच भेटवार्ता  « Khabarhub

काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूतबीच भेटवार्ता 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूत जील बुर्बाओबीच शिष्टाचार भेट वार्ता भएको छ ।

उक्त भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो । बजेट नीति तथा कार्यक्रमको तयारीमा लागि परेको र फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको महानगर प्रमुख शाहले बताएका थिए । 

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख साहले भने,’ 

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलियाे भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे। भेटका क्रममा राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरू इच्छुक रहेको बताए।

‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत बुर्बाओले भने। त्यसैगरी राजदूत बुर्बाओले प्रमुख साहलाई सहरी केबलकार सञ्चालनसम्बन्धी सोच पत्र समेत प्रदान गरेका थिए।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : २१ बजे

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई