फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए | Khabarhub Khabarhub

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं नै फर्किएका छन् ।

काठमाडौं महानगरपालिकाका अनुसार करिब डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो ।

आज ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएर फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेको थियो। स्थानीयवासीले अवरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको थियो ।

फोहोर विसर्जनका लागि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको पीडितहरुले बताएका छन् । प्रहरीले बुधबार बिहानैदेखि माइकिङ गर्दै सडक अवरोध नगर्न स्थानीयलाई आग्रह गरेको थियो ।

पीडितहरुले पनि प्रहरीलाई आफूहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न भन्दै माइकिङ गरेका थिए । त्यही बेला प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउन खोज्दा अश्रु ग्यास प्रहार भएको थियो ।

काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक ९करिब १२ सय मेट्रिक टन० फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा फोहोर विसर्जन हुन नसक्दा लामो समयदेखी काठमाडौंको सडकमा फोहोरको चाङ लागेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : १३ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले

विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी संगठनको माग

काठमाडौं– सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी