ललिता निवास जग्गा प्रकरण – शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा  « Khabarhub

ललिता निवास जग्गा प्रकरण – शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।

यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई,  प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबाझी हुने आदेश दिएको थियो ।
सोही कारण मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

थुनामा रहेका ढकाल ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदीले मुख्य बिचौलियाको भूमिका निभाएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ ।

यस्तो छ, २४ वैशाखमा खतिवडा र भट्टराईको राय

विशेष अदालतको निर्णयविरुद्ध ढकाल ११ चैत २०७७ मा निवेदन लिएर सर्वोच्च अदालत गए ।   २४ वैशाख २०७८ मा खतिवडा र भट्टराईको इजलासबाट राय बाझिएको आदेश भयो ।

इजलासमा राय बाझिएकै कारण ढकाल पुर्पक्षका लागि थुनामा छन् । इजलासबाट न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए ।

अर्का न्यायाधीश भट्टराईले भने थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए । इजलासमा रहेका दुई न्यायाधीश बीचमा राय बाझिएकै कारण ढकालको निवेदनको सुनुवाइ पूर्ण इजलासमा पुगेको हो ।

विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन २८ माघ २०७७ मा आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ५६ बजे

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक

आणविक बम पीडितमा युद्धको गहिरो त्रास

एजेन्सी– अमेरिका–रुसबीचको अन्तिम हातहतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ समाप्त भएपछि

सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौं महानगरको सूचना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न

अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

एजेन्सी– रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक

देउवाका योजना अलपत्र, कस्तो आउला गगनको घोषणापत्र ?

काठमाडौं- आसन्न निर्वाचन आउन अब २८ दिन मात्रै बाँकी छ