चुरे पहाडको संरक्षण हुनुपर्छ : पूर्वराष्ट्रपति डा. यादव « Khabarhub

चुरे पहाडको संरक्षण हुनुपर्छ : पूर्वराष्ट्रपति डा. यादव


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताए छ ।

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारे । उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महसुस भएको बताए ।

पूर्वराष्ट्रपति डा यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उनको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए । लोकतान्त्रिक पद्धतिबाट नै समाजलाई परिवर्तन गर्न सकिने विचार बोकेका पिताजी कृष्णप्रसाद कोइराला त्यागी, समाजसेवी, शिक्षाप्रेमी र परिवर्तनका अग्रणी रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले आफू अहिले स्वतन्त्र रहे पनि विद्यार्थी जीवनदेखि लागेको पार्टीबाट नेपालको प्रथम राष्ट्रपति बनेकामा गर्व लागेको धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति डा यादवलाई सम्मानपत्र हस्तान्तरण गर्दै क्षणिक लाभका लागि राजनीतिक गर्ने मानिसबाट समाजले लाभ लिन नसकिने बताए । उनले पिताजी कृष्णप्रसाद कोइरालाको पदमार्गमा हिँड्न सके समाज अझ बलियो र विकसित हुने धारणा राख्दै चुरे पर्वत दोहनको विषयमा सरकार बेखबर रहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्व पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगर सहर बसाएको प्रसङ्ग उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न, विकास गर्न र मुलुकमा प्रजातन्त्र ल्याउन पिताजी कोइरालाको योगदानको अपूरणीय रहेको स्मरण गरे ।

कार्यक्रममा परिषद्का अध्यक्ष कविराज न्यौपाने, प्रा डा घनश्यामलाल दास, परिषद् सदस्य विश्वनाथ रिजाल, प्रा डा कुलप्रसाद कोइरालाले पनि बोलेका थिए । यसअघि विराटनगरको बगरगाछी चोकमा स्थापित पिताजी कृष्णप्रसाद कोइरालाको प्रतिमा पूर्वराष्ट्रपतिले अनावरण गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ६ : ४५ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा