नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो « Khabarhub

नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले भनेको छ ‘नाइजेरियामा जनवरीदेखि ११० जनामा मङ्कीपक्सका शङ्कास्पद बिरामी भेटिएको र कूल १२ राज्यमा यो अवधिमा ३१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

उक्त रिपोर्टअनुसार नाइजेरियामा मङ्कीपक्स प्रकोपको खतरा धेरै भएको कारण मे महिनादेखि राष्ट्रिय आकस्मिक परिचालन केन्द्रलाई सक्रिय बनाइएको छ ।

मङ्कीपक्सका लक्षणहरूमा अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, घाँटी र बङ्गारामुनि ग्रन्थी बढ्ने त्यसपछि अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्ताङ्ग र शरीरको अन्य भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पीप जम्ने समस्या देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभरका विभिन्न देशहरूमा अचानक मङ्कीपक्स देखा पर्दा यो भाइरस पश्चिम र मध्य अफ्रिकी देशहरूभन्दा बाहिर केही समयदेखि फैलिरहेको देखिन्छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ०३ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात