महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने « Khabarhub

महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ ।

सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने ।

काठमाडौँ महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरू स्वतःस्फूर्त रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइने समेत उनले बैठकमा स्पष्ट पारे ।

आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार/चार महिनामा महानगरले सरसफाइ सामाग्री उपलब्ध गराउने उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १२ : २८ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार