सरकारलाई सांसद ज्ञवालीको प्रश्न– प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ कि रक्षा मन्त्रीको हैसियतले ? « Khabarhub

सरकारलाई सांसद ज्ञवालीको प्रश्न– प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ कि रक्षा मन्त्रीको हैसियतले ?


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न चर्चा हुन थालेको भन्दै यस विषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताए।

ज्ञवालीले शेरबहादुर देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो, त्यो स्पष्ट हुनुपर्ने जिकिर गरे। दुई दिन अघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाइ राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको धारणा राखे।

उनले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ती जनाए।

उनले कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुनेमा जोड दिए।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १२ : ४३ बजे

कांग्रेसको आग्रह : अधिनायकवादी चिप्ला कुरा गर्दै आउँछन्, नयाँ भन्नेहरूको भ्रममा नपर्नू,

काठमाडौं- नेपाली कांग्रेसले पछिल्लो समय नयाँ भन्दै आएका दलहरूसँग भर

भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

दुबई– भारतका सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख

कुनै दलसँग चुनावी तालमेल नगर्ने कांग्रेसको घोषणा, सबै १६५ क्षेत्रमा उम्मेदवारी कायम

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा कुनै पनि पार्टीसँग

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

काठमाडौं– नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको

निर्वाचन : ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ