सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते  « Khabarhub

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ वर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : ३७ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको