युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी « Khabarhub

युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युरोपेली मुलुकबाट युक्रेनमा आपूर्ति गरिएका हतियारको ठूलो भण्डारण ध्वस्त पारिएको रुसी सेनाले जनाएको छ । रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार रुसले प्रहार गरेको क्रुज क्षेप्यास्त्रबाट युक्रेनी हतियार भण्डारण ध्वस्त भएको हो ।

रुसी फौजले युक्रेनको टेर्नोपिल क्षेत्रमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । टेर्नोपिल क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रस्थित चोर्तकिभ सहरमा रुसी फौजले कृष्ण सगरबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गभर्नर भोलोदिमिर ट्रुृसले जनाएअनुसार रुसी आक्रमणमा सैनिक पूर्वाधारमा आंशिक क्षति पुगेको जनाएका छन् ।

आक्रमणका क्रममा २२ जना घाइते भएको ट्रुसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । एकजना स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार सो क्षेत्रमा कुनै हतियार भण्डारण गरिएको भने थिएन ।

रुसी समाचार संस्था इन्टरफ्याक्सले कलिबर क्रुुज क्षेप्यास्त्र प्रहार गरी हतियार राखिएको ठूलो भण्डारण ध्वस्त पारिएको दाबी गरेको हो ।

पछिल्लो समय पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रुसी तथा युक्रेनी फौजबीच संघर्ष चर्किरहेका बेला रुसले युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियारको भण्डारण ध्वस्त पारेको दाबी गरेको हो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ५१ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले