३८ अर्बको बजेट ल्याउँदै गण्डकी सरकार, सांसदलाई टाउको गनेर ५ करोडको सिलिङ | Khabarhub Khabarhub

३८ अर्बको बजेट ल्याउँदै गण्डकी सरकार, सांसदलाई टाउको गनेर ५ करोडको सिलिङ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ । ३६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिएको सरकारले जनाएको छ । अहिले संसद्मा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । बजेटअघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।

सरकारले सांसदलाई टाउको गनेर बजेट दिने तयारी गरेको छ । सत्तापक्षका सांसदलाई प्रतिसांसद ५ करोड र प्रतिपक्षी सांसदलाई एकमुष्ट ३५ करोड रुपैयाँ दिन लागेको बताइएको छ । सत्तापक्षका सांसदहरूसँग ५ करोडको बजेट सिलिङभित्र रहेर योजना टिपाउन भनिएको छ । यसरी वितरण गर्दा सत्तापक्षका सांसदलाई मात्रै १ अर्ब ६० करोड रुपैयाँ छुटाउनुपर्छ ।

यसबाहेक निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रत्येक सांसदले २ करोडका दरले खर्च गर्न पाउँछन् । यसपालिको अधिकांश बजेट सांसदले वितरण गर्ने भएका छन् । सांसदले बाँढ्ने बजेट मात्रै २ अर्ब ६७ करोडभन्दा बढी पुगेको छ । मन्त्रालयको सिलिङ घटाएर सांसदमार्फत योजना छनोट गर्न थालेपछि अहिले सरकारभित्रकै दलहरू विरोधमा छन् ।

जसपाका सांसद तथा ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सरकार गलत ट्याकबाट अघि बढेको बताए । उनले आफ्नो मन्त्रालयमा पहिले भन्दा १ अर्ब बजेट घटाएको गुनासो गरेका छन् । ‘३० अर्बको बजेट हुँदा मेरो मन्त्रालयमा ३ अर्ब थियो । अहिले करिब ४० अर्ब पुग्न लागेको छ । सिलिङ घटाएर २ अर्बमा झारिएको छ,’ उनले भने, ‘यो राजनीतिक बेइमानी हो ।

टाउका गनेर पैसा दिने प्रचलनको म घोर विरोध गर्छु ।’ यसबाहेक १ अर्ब भन्दा बढी बजेट मुख्यमन्त्री र डेढ अर्ब रुपैयाँ अर्थमन्त्रीले राखेको उनको आरोप छ । सांसदहरूले भने बजेट सिलिङबारे जानकारी नभएको बताएका छन् । ‘पहिलेभन्दा धेरै योजना पर्ने भनेको छ । तर सिलिङ चाहिँ दिएको छैन,’ सत्तापक्षकै एक सांसदले भने, ‘आवश्यकताका आधारमा विनियोजन भएको छ ।

सांसदले पनि जनताकै कुरा ल्याउने हो । यो सामान्य नै हो ।’ नीति तथा कार्यक्रम निर्माण र बजेट निर्माणका क्रममा ऊर्जामन्त्री आचार्य सहित अन्य मन्त्रीहरू समेत असन्तुष्ट छन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ०४ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण