श्रीलङ्कामा गाडीमा इन्धन भर्न कोटा तोकिने « Khabarhub

श्रीलङ्कामा गाडीमा इन्धन भर्न कोटा तोकिने


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक कोटा प्रणाली सुरु गर्ने भएको छ । इन्धन खरिद गर्नका लागि कोटा प्रणाली सुरु गर्न लागिएको ऊर्जामन्त्रीले बताएका हुन् ।

यसअनुसार सबै सवारी चालकलाई नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिने र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका हुन् ।

उनले भने, ‘हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेशनमा दर्ता गराएर वित्तीय अवस्था स्थिर बनाई २४ घण्टा विद्युत आपूर्ति र इन्धनको अविच्छिन्न आपूर्ति गर्न नसक्दासम्म उनीहरूलाई साप्ताहिक कोटा तोक्नुको विकल्प छैन ।

“विदेशी मुद्राको अभावलाई ध्यानमा राख्दै राज्यको स्वामित्वमा रहेको इन्धन वितरक सिलोन पेट्रोलियम निगमले एक हप्तासम्मका लागि मात्र इन्धन आयात गर्नेछ,” विजेसेकेराले भने ।

केही सवारी चालक तथा अन्य व्यक्तिहरूले आफ्नो मेसिन तथा जेनेरेटरको लागि एक महिना वा त्योभन्दा बढी इन्धन सङ्कलन गर्न गरेकोले इन्धनको अभावबीच थप समस्या आएको उनको तर्क थियो ।

श्रीलङ्काले फेब्रुअरीदेखि इन्धन अभावको सामना गर्दै आएको छ र इन्धनको लागि लामबद्ध हुनु मानिसहरूको दैनिकीको एक भाग बनेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ७ : २० बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको