अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित | Khabarhub Khabarhub

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् ।

आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वत: निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।

निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको पत्रमा उल्लेख गरिएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट स्वत: निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको ब्यहोरा निर्देशनुसार अनुरोध छ’ आयोगले पठाएको निर्देशनात्मक पत्रमा भनिएको छ ।

नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ७ : ०७ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय