कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ | Khabarhub Khabarhub

कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शङ्कास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १२ : ५९ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर