भुटानी लिग खेल्ने अवसर पाएका पुजा र अञ्जनाको एकै स्वर–‘प्राउड फिल’ भइरहेको छ « Khabarhub

भुटानी लिग खेल्ने अवसर पाएका पुजा र अञ्जनाको एकै स्वर–‘प्राउड फिल’ भइरहेको छ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानको शीर्ष स्तरको महिला फुटबल लिग खेल्ने निम्तो पाएका नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी द्वयले विदेशी लिग खेल्न जान पाउँदा खुसी लागेको बताएका छन् ।

राष्ट्रिय महिला टोलीका महत्त्वपूर्ण दुई खेलाडी पूजा राना र अञ्जना राना मगरले विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताए । अञ्जना र पुजाले भु‍टानकाे सनराइज फुटबल क्लबबा‍ट खेल्न लागेका हुन् ।

‘हामीले भुटानमा खेल्न पाउँदा खुसी लागेकाे छ । भुटानमा खेल्दा क्लबका लागि राम्रो खेल्दै नेपालको पनि गौरव बढाउछौं,’ खबरहबसँग बोल्दै पुजा रानाले भनिन् । केही समय अगाडिमात्रै नेपाली राष्ट्रिय महिला टोलीकी स्टाइगर सावित्रा भण्डारी र अनिता बस्नेतले भारतको हिरो महिला लिग खेलेका थिए ।

सावित्रा र अनिता पछि पुजा र अञ्जना विदेशी लिग खेल्न लागेका हुन् । भुटानको सनराइज क्लबमा आवद्ध भएका उनीहरु केही दिनभित्रै भुटान जाने तयारी गरिरहेका छन् । यसअघि यु–१९ राष्ट्रिय टोलीबाट भुटानमा भएको महिला साफ खेल्न जाँदा क्लबले उनीहरुको प्रदर्शन देखेपछि टोलीमा आवद्ध गरेको हो ।

अञ्जना राष्ट्रिय टोलीकि गोलकिपर हुन् भने पुजा डिफेन्डर हुन् ।

अघिल्लो सिजनको उपविजेता टोली सनराइजका लागि राम्रो खेल्दै टोलीलाई उपाधि दिलाउनु आफुहरुको लक्ष्य रहेको उनीहरुले बताए  ।

त्रिभुवन आर्मी क्लबका खेलाडी द्वय अहिले जारी उप मेयर कप महिला फुटबलमा बाँसबारी क्लबबाट खेलिरहेका छन् । झण्डै एक महिना चल्ले प्रतियोगिता खेल्न पाउँदा आफुहश्रका लागि पनि राम्रो अनुभव हुने अञ्जनाले बताइन् ।

भुटानी लिग जुलाई १२ देखि अगस्ट २८ सम्म चल्नेछ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : ४० बजे

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा