महिलामाथि कुटपिट गरेको आरोपमा प्रदेश राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

महिलामाथि कुटपिट गरेको आरोपमा प्रदेश राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन्। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् । बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतङ्क मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्‍याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा मंगलबार बिहान प्रवेश गरेकी हुन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आफूले आफ्नो श्रीमान् एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाइन् । बिमलाले मिनाको कोठाका कपडाहरू यत्रतत्र छरिदिएकी थिइन् ।

मन्त्रीले नै सीमा नाघेर अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । केही समय पहिले राज्य मन्त्री बिमला र मिनाका पति एकराज बस्नेतको बीचको  प्रेम प्रसङ्ग बाहिरीएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ४५ बजे

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि