र्‍यापर जी- बबले एएनटीएफसँगको सम्झौताअनुसार शोहरु गर्ने  | Khabarhub Khabarhub

र्‍यापर जी- बबले एएनटीएफसँगको सम्झौताअनुसार शोहरु गर्ने 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– र्‍यापर जी- बब (सुदीप भण्डारी) र उनका आमाबुबाबीच तनाव बढेपछि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँमा भएको छलफलमा तीन बुँदे सम्झौता भएको छ । जी–बब र परिवारबीच प्रहरीको रोहबरमा सम्झौता भएको हो । सम्झौता अनुसार जी-बबले एएनटिएफसँग काम गर्नेछन् । एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (हाकिम) ले परिवारबीच तीन शर्तमा सहमति भएको जनाएका छन् । जी–बबका बुबा आमा र कपनमा रहेको रिहाबका सञ्चालक टासी लामाले मुख्यतया जी–बबलाई एक महिना रिहाबमा राख्ने र त्यसपछि एनटीएफसँगको सम्झौताअनुसार काम गर्ने सहमति भएको हाकिमले बताए । 

‘मिलेन लेबल’ गाएसँगै विश्वभर आफ्नो फ्यान बढाएका जी-बबको डिमाण्ड अन्तर्राष्ट्रियस्तरमा झनै बढ्दो छ । हाकिमले जी(बबको स्वास्थ्यलाई मध्यनजर गर्दै शोहरु हुने बताए । ‘एएनटिएफको सम्झौता अनुसार एक महिना पश्चात काम गर्ने भनिएको छ । उसको स्वास्थ्य हेरेर हामीले काम अगाडि बढाउँछौँ’ उनले भने । एक महिनाको अवधिमा परिवारले जी–बबसँग भेट्न चाहेमा रिहाब सेन्टरले व्यवस्था मिलाउने पनि सहमति भएको हो । दुवैबीच भएको तेस्रो सहमतिको बुँदामा भने एनटीएफले जी–बबलाई लिएर कुनै कार्यक्रम गर्दा परिवारलाई पनि जानकारी गराउनु पर्ने उल्लेख छ । जी–बबलाई एनटीएफले दुई वर्षका लागि सम्झौता गरेको छ । त्यसमा विभिन्न कार्यक्रमसँगै एउटा एल्बम निकाल्ने सम्झौता रहेको एनटीएफका निमासाङ शेर्पाले बताएका छन् । 

जी–बबलाई एनटीएफले बन्दक बनाएको भन्दै जी–बबका बुबा आमाले प्रहरीमा उजुरी गरेर मिडियामा आएपछि जी–बबले पनि आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : २० बजे

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्

विपन्न परिवारलाई आवास निर्माण

कैलाली– कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण

विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल

काठमाडौं– नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको

वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा 

काठमाडौं– वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा आएको

हुम्लाको राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका-७, राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको