करेन्ट लागेर तीन जनाको मृत्यु  « Khabarhub

करेन्ट लागेर तीन जनाको मृत्यु 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।

आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पङ्खा पल्टिएर करेन्ट लाग्दा  गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ ।आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहर पुर बस्ने ६५ वर्षीय निम बहादुर भुसालको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नो घर पछाडि रहेको टिनको पालीमा विद्युत्को तार टुटेको देखेपछि उक्त तार मर्मत गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चार नम्बरस्थित चन्द्र पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : १० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि