करेन्ट लागेर तीन जनाको मृत्यु  « Khabarhub

करेन्ट लागेर तीन जनाको मृत्यु 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।

आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पङ्खा पल्टिएर करेन्ट लाग्दा  गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ ।आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहर पुर बस्ने ६५ वर्षीय निम बहादुर भुसालको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नो घर पछाडि रहेको टिनको पालीमा विद्युत्को तार टुटेको देखेपछि उक्त तार मर्मत गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चार नम्बरस्थित चन्द्र पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : १० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र