एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज « Khabarhub

एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् ।

उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरूले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए ।

तत् पश्चात् सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोज्दा एमाले सांसदहरू उठेर विरोध जनाए । सभामुख सापकोटाले बैठक चल्न दिन आग्रह गर्दा पनि एमाले सांसद नमानेपछि कार्यसूचीबाट बाँकी रहेका कारबाही हटाएर भोलि बुधबार ११ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ०९ बजे

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको