ब्लड क्यान्सर हुने कारण, जोखिम र उपचार | Khabarhub Khabarhub

ब्लड क्यान्सर हुने कारण, जोखिम र उपचार



सामान्यतया रगत कम्पोजिसनको आभारमा हेर्ने हो भने प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल देखापर्यो भने रगतको क्यान्सर हुन्छ। रगतको उत्पादन हुने प्रमुख ठाउँ बोनम्यारो हो, बोनम्यारोमा, इम्याचुअर र लिकेमिक सेलको मात्रा अधिक बढ्यो भने रगतमा क्यान्सर देखापर्छ।

धेरै जनाले रगतको क्यान्सर भनेपछि एउटै मात्र बुझिरहेको हुन्छन्। यसको धेरै प्रकार हुन्छन्। प्राय हुने रगतको क्यान्सर एक्युटमाइलेज लिक्युमिया र एक्यु इन्फोब्लाष्टिक लिक्युमिया, र कसैलाई क्रोनिक माइलेज इन्फोब्लाष्टिक लिक्युमिया हो।

उमेर समूह अनुसार फरकफरक क्यान्सर
सानो बच्चालाई हुने क्यान्सर एक्यु इन्फोब्लाष्टिक लिक्युमिया हो। ठूलो मानिसमा देखा पर्ने क्यान्सर एक्युटमाइलेज लिक्युमिया, एक्यु माइलेज इन्फोब्लाष्टिक लिक्युमिया हो। बच्चामा देखिने कारण वंशाणुगत नै हुन्छ। यसलाई डाउन सिन्ड्रोम पनि भनिन्छ। क्राइम सेन्टर सिन्ड्रोम जुन जीनको उत्परिवर्तन भएर ब्लड क्यान्सर हुने सम्भावना हुन्छ।

ठूलो अथवा बढ्दो उमेर समूहमा विभिन्न केमिकल उद्योगमा काम गर्ने, पेट्रो फयाक्ट्री लिड फयाक्ट्री, रङ रोगन सबन्भी काम गर्ने व्यक्तिमा बढी हुनेगर्छ। अथवा विकिरणमा धेरै काम गर्ने व्यक्तिमा यस्तो समस्या बढी देखिन्छ।

ब्लड क्यान्सर जो कोहीलाई पनि हुनसक्छ। हामीले जाँच गरेर कुन क्यान्सर हो पत्ता लगाउनु पर्छ। खास गरी विकिरणमा काम गर्नेमा बढी देखिन्छ। बच्चामा भने थाहा नभई देखापर्छ।

देखा पर्ने लक्षण
ब्लड क्यान्सरको प्रमुख लक्षण भनेको लामो समय सम्म ज्वरो आउनु, शरीरमा धेरै पसिना आउनु, थकान महसुस हुने र शरीरका विभिन्न भागबाट रक्तश्राव हुने (मुख , गिजा, पिसाव, दिशा) हुन्छ।

साथै, छालामा रातो, कालो दाग आउने चिलाउने, शरीरको तौल असामान्य तरिकाले घट्ने भयो भने ब्लड क्यान्सर हो भन्ने बुझनुपर्छ। शरीरका विभिन्न भागमा फोका आउछ, यसलाई वैज्ञानिक भाषामा लिम्नोड भनिन्छ। यस्तै पेट फुल्ने, लिभर अथवा पिओको साइज बढ्ने हुन्छ।

उपचार कसरी हुन्छ ?
समान्यतया ब्लड क्यान्सर भएर रक्त रोगको विशेषज्ञकोमा पुग्दैन। नर्मल्ली ज्वरो आएर, शरीरको तौल घटेर फिजिसियन कहाँ जाँदा उहाँहरुले नर्मल रगतको जाचँ सीबीसीले गर्दा ब्लड क्यान्सरको शंका गरेमा बोनम्यारोबाट रस निकालेर परिक्षण गर्नुपर्ने हुन्छ।

हिस्टोप्याथोलोजी, साइकोजेनेटिक। जुन वंशाणुगत अथवा जिनको परीक्षणबाट यो रोग पत्ता लाग्छ। सुरुमा सीबीसी गरिन्छ। यो जुन हस्पिटलमा पनि उपलब्ध छ। यसबाट पनि धेरै कुरा पत्ता लगाउन सकिन्छ। यसको रिपोर्ट एक दुई दिनमा नै आउँछ, त्यो रिपोर्ट हेरेपछि सबन्धित डाक्टरले बोनम्यारोको लागि प्लानिङ गर्नुहुन्छ। बोनम्यारोको जाँच र कुनै स्याम्पल जाँच नेपालमै हुन्छ भने कुनै छिमेकी मुलुकमा पठाउनु पर्नेहुन्छ। यसको लागि ५ देखि ७ दिन लाग्छ।

स्टेज अनुसार उपचार
अरु क्यान्सर जस्तै यसको पनि स्टेज अनुसार उपचार हुन्छ। सानो बच्चा एकदेखि दश वर्षको हरुमा निको हुने सम्भावना ८० देखि ९० प्रतिशत हुनसक्छ। ठूलो व्यक्तिमा लाग्यो भने सुधार हुने सम्भावना कम हुन्छ।

निमोनिया, मुटु सबन्धी रोग र अन्य विभिन्न रोग भएमा निको हुने सम्भावना कम हुन्छ। साइटेजेनिक जाँचबाट पनि रिक्स कत्तिको छ थाहा पाइन्छ। यस बाट पनि ठिक हुने सम्भावना कत्तिको छ भन्न सकिन्छ।

शरीरको ब्लड निकालेर राख्ने विधि
यसलाई हामी बोनम्यारो ट्रान्सपलान्टेसन भन्छौ। बोनम्यारो ट्रान्सपलान्टेसन दुई किसिमको हुन्छ, एउटा अटो लोगस, जसमा आफनो शरीरको ब्लड निकालेर केमो थेरापी दिएर फेरि आफैले राख्ने हो। अर्को एलोजेनिक यसमा एउटा स्वस्थ्य व्यक्तिबाट वा परिवारका सदस्यबाट बोनम्यारो निकालेर रोगी व्यक्तिमा राख्ने गरिन्छ।

क्यान्सर देखिने बित्तिकै सबैलाई बोनम्यारो ट्रान्सपलान्टेसन गर्न सुझाव गरिदैन। सुरुमा केमो थेरापी दिएर रेस्पोन्स हेर्ने गरिन्छ। अथवा क्यान्सरको प्रकार हेरेर बोनम्यारो ट्रान्सपलान्टेसन गर्नुपर्ने हुन्छ।

सुरुमै हाई–रिक्स देखा पर्यो भने किमो थेरापी दिएर बोनम्यारो ट्रान्सपलान्टेसन लागि सुझाव गर्छौ। लो रिक्स छ भने केमो थेरापी दिएर हेर्ने गरिन्छ।

आफन्तकै बोनम्यारो प्रत्यारोपण
बोनम्यारो ट्रान्सपलान्टेसनको विभिन्न क्राइटएरिया छन्। आफनो भाइ बहिनीमा बोनम्यारो म्याच हुने सम्भावना २५ देखि ५० प्रतिशत रहन्छ। अलि टाढाको आफन्त म्याच हुने सम्भावना कम रहन्छ। यसको लागि हामी आफ्नो नजिकका परिवार, आफन्तको एचएलए टाइपिङ गरेर म्याच भए नभएको हेर्छौ।

कसैको म्याच भएन भने ५० प्रतिशत म्याच हुने हेप्लोआइडेन्टिकल ट्रान्सपलान्टेसन गर्न सकिन्छ। यदि म्याच भएन भने रोग निको हुने सम्भावना कम हुन्छ। हाइरिक्स भएको व्यक्तिमा बोनम्यारो ट्रान्सपलान्टेसन को सुझाव दिइन्छ। उमेर धेरै भएको व्यक्ति जसलाई अन्य विभिन्न रोगहरु भएका व्यक्तिको लागि प्रत्यारोपण सम्भव हुँदैन।

उपचाररत व्यक्तिले ध्यान दिनुपर्ने कुरा
ब्लड क्यान्सर हुँदैमा आफ्नो जीवन नै समाप्त भएको सोच्नु हुँदैन। हामीसँग नयाँ औजारहरु औषधिको विकास भएको छ। जसले गर्दा धरै ठिक हुने सम्भावना रहन्छ।

रोग लाग्न नदिन के–के कुरामा ध्यान दिने ?
क्यान्सर त कसैले कल्पना नगरी हुने कुरा हो। यो रोग विभिन्न केमिकल पेट्रो केमिकल उद्योगमा काम गर्ने व्यक्ति रगंरोगन गर्ने व्यक्ति, मेकअपको प्रयोग कम गरेमा बच्न सकिन्छ।

कसैलाई लक्षण देखा परेमा तुरुन्तै अस्पताल गएर रगत जाँच गराउनु पर्छ। सहि उपचार र चिकित्सकको सल्लाहमा उपचार गरे यो रोग निकोे हुन्छ। (विना न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : २९ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य