कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल « Khabarhub

कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएका छन्।

बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताएका हुन् ।

नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ । त्यस्तै उनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप लगाए। गठबन्धन सत्ताको स्वार्थको विषय बन्न सक्ने तर देश विकासको विषय बन्न नसक्ने एमालेको मान्यता रहेको उनले बताए।

उनले एमालेको नेतृत्वमा नै मुलुकको विकास हुने भएकाले पार्टीलाई बलियो बनाउँदै अघि बढ्ने तर्क गरे।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना