एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टिकरण सोध्नुपर्छ : दुर्गा पौडेल « Khabarhub

एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टिकरण सोध्नुपर्छ : दुर्गा पौडेल


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा काठमाडौँस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टिकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् । 

‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ । अब केही गरिरहनु पर्दैन भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपीपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न नहुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए,’ उनले भनिन्, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, योबीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १ : ४९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले