बङ्गलादेश सिरिजको लागि २२ नेपाली रग्बी खेलाडी छनोट « Khabarhub

बङ्गलादेश सिरिजको लागि २२ नेपाली रग्बी खेलाडी छनोट


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल रग्बी संघले बङ्गलादेशमा हुने बङ्गबन्धु बङ्गलादेश –नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २२ खेलाडी छनोट गरेको छ । बङ्गलादेशको ढाकास्थित आर्मी स्टेडियममा हुने सिरिजमा २२ खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक र एक फिजियो गरी कुल २५ सदस्यीय टोलीको निर्माण गरिएको हो । नेपाली टोली असार ४ गते बंगलादेश जाने संघले जनाएको छ ।

 नेपाल र बङ्गलादेशबीचको सिरिज असार ७ र ८ गते सञ्चालन हुनेछ । कोभिड–१९ को महामारीपश्चात् प्रतियोगिता चलायमान हुनु दुवै राष्ट्रको लागि उत्कृष्ट अवसर हो । यस सिरिजले दुवै राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाइ रग्बी तथा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्नेछ ।’, नेपाल रग्बीका मिडिया व्यवस्थापक कामना गिरीले जानकारी दिए । 

No description available.बङ्गलादेशमा नेपाल र घरेलु टोलीबीच रग्बी ७ एस र रग्बी १५ एसका खेलहरू खेलिने छन् । संघले सञ्चालन गरेको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको थियो । अन्तिम चरणमा भने २२ खेलाडीलाई छनोट गरिएको हो ।

खेलाडीमा सुरज चौधरी, शेर बहादुर वली, बिक्रम भारती, रोशन घर्ती, निरोज कार्की, बिक्रम पुरी, नवीन महर्जन, श्री राम श्रेष्ठ, विराट श्रेष्ठ, बिबेश बसु, सञ्जीव कुँवर, प्रेम बहादुर कोइराला, रमित बहादुर मल, यडु अधिकारी, अमर सिंह श्रेष्ठ, कृष्ण क्षेत्री, सुमन चौलागाईं, पुजन फेवली, झुकेन्द्र राई, राम कृष्ण चौधरी, सुजन कुमाल र हुतराज प्रधान रहेका छन् । खेलाडीसँगै रग्बी १५ एसका प्रशिक्षक टङ्क राज गिरी, व्यवस्थापक गोपाल क्षेत्री र लक्ष्मण अधिकारी पनि बंगलादेश जानेछन् । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ४८ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले