‘कोदालेले खनेको खड्डाबाट बिरुवा हुर्किन्न’ – मुख्यमन्त्री केसी « Khabarhub

‘कोदालेले खनेको खड्डाबाट बिरुवा हुर्किन्न’ – मुख्यमन्त्री केसी


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले कोदालोले खनेको खड्डाबाट बिरुवा नहुर्किने बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनधामको आठौँ चुरे दिवसको अवसर वनका कर्मचारीलाई इङ्गित गदै सो कुरा बताएका हुन् ।  

‘अहिले कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्कन्न । यो कुरा जसले पनि बुझेको हो,’ बनेका कर्मचारी कोही हुनुहुन्छ की नाइँ भन्दै यता उता खोज्दै भने, ‘वन सम्बन्धी आजको पढाई त्यही होला नि १ कोदालोले खनेर वृक्षारोपण गरेर आज सम्म हुर्केको कहीँ देख्नु भा छ । ३० वर्ष भई सक्यो वृक्षरोपण गरेको ४० वर्ष भइसक्यो ।’उनले प्रदेशका नदीको किनारालाई ब्याम्वो जोन बनाउने समेत बताए ।

प्रदेश भरीका समपूर्ण नदीनालाको दायाँ-बायाँ किनारमा बास रोपेर ब्याम्वो जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने उनले दाबी गरे ।  मुख्यमन्त्री केसीले बाँसको बीचमा अम्रिसो लगाउन समेत आग्रह गरेका छन् । यसरी वृक्षारोपण गर्दा तटबन्धको काम गर्ने र रोजगारी समेत सिर्जना हुने बताए । यो प्रदेश सरकारको योजना समेत रहेको स्पष्ट पारे । सो अवसरमा उनले वृक्षारोपण समेत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता ढकालले वृक्षारोपण पछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताइन् ।

चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरे पनि अपनत्व नहुँदा बिरुवा कम हुर्किएको उनले दाबी गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताएका थिए । सो अवसरमा ८ हजार बिरुवा वृक्षारोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बकाइनो, इपिलिपी लगायतका बिरुवा लगाइएको थियो ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ७ : ०० बजे

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत