जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित | Khabarhub Khabarhub

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्षमा घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् ।

वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन् । घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गरेका थिए । समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले (३ मत) ल्याएकी थिइन् ।

दलित सदस्यमा नेकपा (एकीकृत समाजवादी) का सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएकी छिन् । दलित समुदायमा  उनको मात्रै उम्मेदवारी परेको थियो । खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसँगै हेटौंडा उपमहानगरपालिकामा माओवादी वडा अध्यक्षविहीन भएको छ । १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ७ : २५ बजे

सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ

इलाम– इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद

सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ : मुख्यमन्त्री

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव

जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस्

काठमाडौँ- जंगीअड्डा भद्रकाली पुगेका केही जेन-जी युवाहरूले आफूलाई पनि वार्तामा

राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन

काठमाडौं– बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान