एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह « Khabarhub

एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वीस्की’ खुवाएर सम्झौता गराउन सक्ने भन्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन्।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको उहाँको आशंका छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाँले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिदैँन । यस सम्झौतामा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने । बैठक जारी छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १० : १७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको