एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह | Khabarhub Khabarhub

एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वीस्की’ खुवाएर सम्झौता गराउन सक्ने भन्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन्।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको उहाँको आशंका छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाँले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिदैँन । यस सम्झौतामा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने । बैठक जारी छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १० : १७ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म