प्रतिनिधिसभामा तीन विधेयक पेश « Khabarhub

प्रतिनिधिसभामा तीन विधेयक पेश


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरे । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ५३ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन