ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने, सदस्यता कहिले ? | Khabarhub Khabarhub

ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने, सदस्यता कहिले ?


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली युनियनमा उम्मेदवारी दिने युक्रेनको कदमलाई युरोपेली आयोगले समर्थन गर्ने बताएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युक्रेनको उम्मेदवारीको समर्थन गरिने बताएकी हुन् ।

बीबीसीका अनुसार अध्यक्ष भोन डेर लाइनले युक्रेनले ‘राम्रो काम गरिरहेको’ बताउँदै अझै धेरै काम आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

युरोपेली युनियनमा आबद्ध हुनका लागि युक्रेनले विधिको शासन, धनाढ्यको अवस्था, भ्रष्टारविरुद्ध अभियान एवम् मानवअधिकार जस्ता महत्वपूर्ण विषयमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘हामी उनीहरुपनि युरोपेली सपनामा हामीसँगै बाँचून् भन्ने चाहन्छौँ ।’ अध्यक्ष भोन डेर लाइनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युनियनको सदस्य हुनका लागि उम्मेदवारी महत्वपूर्ण कदम भएपनि यो प्रक्रिया पूरा हुन भने वर्षौँसम्म लाग्नसक्ने बीबीसीले जनाएको छ ।

युरोपेली आयोगको सिफारिसलाई युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकहरुले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । जर्मनी, फ्रान्स र इटालीका नेताहरुले यसअघि नै युक्रेनको राजधानी किभको भ्रमण गरी युनियनमा युक्रेनको उम्मेदवारीलाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ०८ बजे

धरानमा कोठा भाडामा लिएर लागूऔषध कारोबार, ३ जना पक्राउ

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित तीन

आगामी वर्षदेखि चस्मामा भ्याट र भन्सार लाग्दैन : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा

भाटभटेनी करछली मुद्दाको पूर्णपाठ : मीनबहादुरले गडबडी गरेको सर्वोच्चको ठहर

काठमाडौं– भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिको करछली मुद्दाबारे

धनुषा निर्माण व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण 

काठमाडौं – सार्वजनिक खरिद ऐन नियम विपरीत भएको भन्दै धनुषा

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई