यसकारण अमृतले गाए ‘दोख’ गीत  « Khabarhub

यसकारण अमृतले गाए ‘दोख’ गीत 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले नेपाली फिल्म ‘दोख’ को शीर्ष गीत गाएका छन् । संवत उनले पहिलो पटक फिल्मको लागि प्ले ब्याक गाएका हुन् । एक कार्यक्रम बिच सार्वजनिक गरिएको  ‘वन चरी उड्यो’ बोलको गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभासको संगीत रहेको छ । कार्यक्रममा बोल्दै गायक गुरुङले प्ले ब्याक नगाउने अडान भएता पनि निर्देशक तथा मित्र अनुप बरालका कारण यो सम्भव भएको बताए ।

नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि ‘दोख’ मा गीत गाएको हुँ ।’ गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । लाइभ रेकर्डिङको प्रचलन करिब/करिब हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिइयो । ‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको कथा राजन कठेतले लेखेका हुन् ।

माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक बनको मुद्दालाई लिएर दुई वटा गाउँबिचको किचलोको कथा प्रस्तुत गरिएको छ । यसमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरूको अभिनय छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ३८ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त