यसकारण अमृतले गाए ‘दोख’ गीत  « Khabarhub

यसकारण अमृतले गाए ‘दोख’ गीत 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले नेपाली फिल्म ‘दोख’ को शीर्ष गीत गाएका छन् । संवत उनले पहिलो पटक फिल्मको लागि प्ले ब्याक गाएका हुन् । एक कार्यक्रम बिच सार्वजनिक गरिएको  ‘वन चरी उड्यो’ बोलको गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभासको संगीत रहेको छ । कार्यक्रममा बोल्दै गायक गुरुङले प्ले ब्याक नगाउने अडान भएता पनि निर्देशक तथा मित्र अनुप बरालका कारण यो सम्भव भएको बताए ।

नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि ‘दोख’ मा गीत गाएको हुँ ।’ गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । लाइभ रेकर्डिङको प्रचलन करिब/करिब हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिइयो । ‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको कथा राजन कठेतले लेखेका हुन् ।

माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक बनको मुद्दालाई लिएर दुई वटा गाउँबिचको किचलोको कथा प्रस्तुत गरिएको छ । यसमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरूको अभिनय छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै