बिल बिजक भन्दा बढी सामान ल्याउने ट्रक नियन्त्रणमा « Khabarhub

बिल बिजक भन्दा बढी सामान ल्याउने ट्रक नियन्त्रणमा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सामा बिल बिजक भन्दा बढी सामान ल्याउने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेडिकल तथा खुद्रा सामाग्री बिल बिजक भन्दा बढी ल्याएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साकाे वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर सडक खण्डबाट ना.५ ख ९६७५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रक जाँच गर्ने क्रममा बिल बिजक शंकास्पद देखिएको तथा बिल बिजक विनाका विभिन्न किसिमका मेडिकल सामाग्रीहरू समेत फेला परेको प्रहरीले जनाएकाे छ । ट्रक नियन्त्रणमा लिई ६६ लाख ८८ हजार २४२ रुपैेयाँ बराबर मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ४३ बजे

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन