भारतमा पनि ‘सिनेम्याटिक युनिभर्स’ बन्दै  « Khabarhub

भारतमा पनि ‘सिनेम्याटिक युनिभर्स’ बन्दै 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाकाे फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम, सिम्बासूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याइसकेका छन् ।

रोहितले सिम्बामा सिंघमसूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने  ‘सूर्यवंशी’ मा सिंघमसिम्बाको राम्रै भूमिका थियो । यसैलाई मध्यनजर गर्दै बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाई क्यारेक्टरलाई लिएर ‘स्पाई युनिभर्स’ क्रिएट गर्ने गरिरहेको छ । टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । ‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् ।

एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई २५ जनवरी २०२३ मा हेर्न पाइने छ । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनाशसिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले  ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् । ‘स्पाई युनिभर्स’ मा यसअघि नै यशराज फिल्म्समार्फत स्पाई क्यारेक्टरमा दर्शकले रुचाइसकेका अनुहारहरू हुनेछन् । सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् भने ‘टाइगर’ को आउँदो सिरिजमा शाहरूखले पनि केमियो गरेका छन् । 

यद्यपि ‘स्पाई युनिभर्स’ का अर्का सदस्य ऋतिक रोशन (कबिर-वार) अझै भित्रिएको खबर छैन । उनी ‘वार’ को सिक्वेल पश्चात ‘स्पाइ युनिभर्स’ को सदस्य बन्ने चर्चा छ ।  बलिउड मात्र होइन, साउथ इन्डियन फिल्ममा समेत यस्तो देखिएको छ । केजीएफ निर्देशन गरेर चर्चामा आएका निर्देशक प्रशान्त नीलले यशसँगै सलार मार्फत प्रभासलाईसँगै ल्याउँदै छन् । केजीएफको तेस्रो च्याप्टरओ सुरुवात प्रभास अभिनीत सलारबाट हुनेछ । यसरी प्रशान्तले आफ्नो निर्देशनमा भारतकै दुई ठूला स्टार प्रभास र यशलाई एकै फिल्ममा ‘एक्सन कट’ गर्नेछन् ।

 कमल हसन अभिनीत फिल्म ‘विक्रम’ मा पनि निर्देशक लोकेशले आफ्नो पछिल्लो फिल्म ‘कैथी’ को कास्टलाई भित्र्याएका थिए । आफ्नो फिल्मलाई ठुलो बनाउन र दर्शकलाई ‘कनेक्ट’ राख्न पछिल्लो समय निर्देशकहरूले आफ्नै सिनेम्याटिक युनिभर्स क्रिएट गर्न थालिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ३३ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र