एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : प्रकाशमान सिंह | Khabarhub Khabarhub

एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : प्रकाशमान सिंह


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएको नेकपा एमालेले सत्ता गठबन्धन फुटाउने अनेक प्रयास गरिरहेको आरोप लगाएका छन् ।

काभ्रेको बनेपामा आज (शनिबार) कांग्रेसको बनेपा नगर कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि एमालेले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा हुँदै नभएको विषय उचालेर विपक्षीबाट कांग्रेसमाथि प्रहार भइरहेको नेता सिंहले बताए । आफू सत्तामा हुँदा पत्र लेखेको विपक्षी दलले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको दाबी गरे ।

‘कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता गर्दैन । प्रधानमन्त्रीले पटक-पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिनँ भनिरहँदा पनि ‘हैन यो सम्झौता भएकै छ’ भन्नु र नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफै फसिसकेको छ,’ सिंहले भने ।

 कांग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले कांग्रेसभित्रको आन्तरिक एकता बलियो भए मात्र लोकतन्त्र बलियो हुने जिकिर गरे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ४२ बजे

अन्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो

सिक्किम – सिक्किमको पाल्जोर रंगशालामा बुधबार सम्पन्न मैत्रीपूर्ण महिला फुटबलमा

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु

एजेन्सी– भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली  प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति