अफगानिस्तानमा बसलाई लक्षित गरी आक्रमण हुँदा विमानस्थलका दुई कर्मचारीको मृत्यु « Khabarhub

अफगानिस्तानमा बसलाई लक्षित गरी आक्रमण हुँदा विमानस्थलका दुई कर्मचारीको मृत्यु


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ अफगानिस्तानमा गराइएको सांघातिक आक्रमणमा दुई जनाको ज्यान गएको छ । उत्तरी अफगानिस्तानमा विमानस्थलका कर्मचारी बोकेको बसलाई लक्षित गरी हमला भएको हो ।

हमलामा अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उत्तरी अफगानिस्तानको मजार ए सरिफमा विमानस्थलका कर्मचारी चढेको बसलाई लक्षित गरी अन्दाधुन्द गोली प्रहार गरेको जनाइएको छ ।

उनीहरु विमानस्थल जानेक्रममा बन्दुकधारीको निशानामा परेको बाल्ख प्रान्तका प्रहरी प्रवक्ता मोहम्मद आसिफ वजिरीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पछिल्ला केही समययता हिंसात्मक आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ५० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक