एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल | Khabarhub Khabarhub

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशङ्का रहेको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए ।

प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमर्दन गरेको आरोप लगाए ।

नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरु बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक राखेर छलफल गरेकोमा आपत्ति जनाउँदै गठबन्धन संविधानसम्मत हो र भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : २९ बजे

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।

टरुवा तालको जलकुम्भी हटाइँदै

नवलपरासी– जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा