विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेस महामन्त्रीद्वयद्वारा आयोगको ध्यानाकर्षण | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेस महामन्त्रीद्वयद्वारा आयोगको ध्यानाकर्षण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

मंगलबार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेको भन्दै उनीहरूलाई मतदानबाट वञ्चित गर्न नहुने बताए। यस विषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरे। विदेशमा लाखौँ नेपाली रहेको र उनीहरूले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारबाट वञ्चित गर्न नहुने उनले बताए ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौँमा पनि मतदाता नामावली सङ्कलनलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए। मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले बताए ।

थापाले तत्कालै काठमाडौँको मतदाता नामावली सङ्कलनलाई व्यवस्थित गर्ने प्रतिवद्धता आयोगले जनाएको बताए।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ४२ बजे

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक