भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय « Khabarhub

भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ ।

सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो ।

आज उपत्यकामा पत्रकार सम्मेलन गर्दै संघले सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौँबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णयको विरोधमा यस्तो निर्णय गरेको बताएको छ ।सरकारको निर्णयमा चित्त नबुझेका कारण अत्यावश्यक सेवा बन्द गर्ने घोषणा गरेको संघले जनाएको छ ।

सरकारले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : २२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको