धवलागिरि अस्पताल : बिरामी बढ्दा घटे चिकित्सक | Khabarhub Khabarhub

धवलागिरि अस्पताल : बिरामी बढ्दा घटे चिकित्सक


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था छ । बिरामीको चाप ओपिडीमा मात्रै होइन, इमर्जेन्सी र भर्ना वार्डमा समेत उस्तै चाप छ । पछिल्लो सयम धवलागिरि अस्पताल निकै सुधारिएको पनि छ । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा विशेष ध्यान दिइएको छ । तर चिकित्सकको समस्या भने अहिलेसम्म उस्तै छ ।

दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चल्दा बिरामीलाई गुणस्तरीय सेवा दिन असहज भइरहेको छ । अस्पतालले जेनतेन गुणस्तरीय स्वास्थ्य सेवा दिएको बताएपनि दरबन्दीका चिकित्सक ल्याउन सकेको छैन ।अस्पतालमा अहिले दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । उनले मौसममा आएको परिवर्तनका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै आएको बताए ।

उनकाअनुसार छालाको एलर्जी, ज्वरो, झाडापखलालगायतका बिरामी थपिएको बताउँदै गत महिनाको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। गर्मीयाममा भाइरल रोग, सरुवा रोग खानपानबाट पैदा हुने रोग बढी लाग्ने गर्दछ । ‘पछिल्लो वर्ष अस्पतालमा बिरामीको चाप निकै छ, अहिले गर्मी लागेपछि बिरामीको सङ्ख्या झन् वृद्धिभएको छ’, डा पोखरेलले भने, ‘अहिले अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, मेडिकल अधिकृतको निकै महत्व छ, विशेषज्ञ चिकित्सकले धेरै ओपिडी विभाग हेर्नु हुन्छ, मेडिकल अधिकृत पर्याप्त नहुँदा भर्ना वार्ड, आइसीयू र इमर्जेन्सीमा सेवा दिन समस्या भइरहेको छ ।’

गर्मी लागेसँगै बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यस्त देखिन्छन् । कतिपय विशेषज्ञ चिकित्सक बिहानै ७ बजेदेखि बेलुका ४बजेसम्म उपचारमा खटिएको पाइएको छ । वर्षातको समयमा दूषित पानीको प्रयोग गर्दा झाडावान्ता, पखला लाग्नेलगायतका समस्याका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालको भनाइ छ ।

एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा दरबन्दीका मेडिकल सुपरिटेण्डेन्टमात्रै हुनुहुन्छ भने मेडिकल अधिकृत र विशेषज्ञको सबै दरबन्दी खाली छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सक नहुँदा करार र छात्रवृत्तिका चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन् ।

अस्पतालमा अहिले पाँच करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत रहेको भएपनि उनीहरूको समेत करार अवधि र छात्रवृत्तिको सेवावधि समाप्त हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार बागलुङमा आउने र दुई वर्ष सेवा गरेर जानेगरेका छन् ।

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सकहरु नभएपनि विशेषज्ञ सेवामा छात्रवृत्तिका चिकित्सकले राम्रो सेवा दिइरहेको मेडिकल सुपरिटेण्डेन्ट पोखरेलले बताए। उनले अस्पतालमा बिरामीको सङ्ख्या क्रमशः बढ्दै जानेर चिकित्सकको सङ्ख्या घट्दै जाने अवस्था रहेको बताएका छन् ।

आफू अस्पतालमा चिकित्सक ल्याउनका लागि प्रदेश र सङ्घीय मन्त्रालय धाइरहेको उनले सुनाए । अस्पतालले उपकरण, स्वास्थ्यकर्मी व्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिएको भन्दै अस्पताललाई तत्कालै पाँच जना मेडिकल अधिकृतको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : १० बजे

विष्णुमतिपछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा