मन्त्री हेरफेरबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै « Khabarhub

मन्त्री हेरफेरबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ ।

एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ । तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो ।

समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेको छ । सोही कारण आजको बैठकमा यसबारे ठोस निर्णय हुने एकीकृत समाजवादीका एक नेताले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ४४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने